शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

सरकारले गर्यो उखुको समर्थन मूल्य निर्धारण 

शुक्रबार १४ मंसिर, २०८१ nepalexplores 1386


सरकारले गर्यो उखुको समर्थन मूल्य निर्धारण 

१४ मंसिर, काठमाडौँ ।
सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पु¥याइएको हो।

गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ।

सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल  ७० रुपैयाँ अनुदान दिएको थियो। यो रकमसमेत उद्योगीहरुमार्फत नै किसानलाई दिने गरिएको छ।

उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन्। तर, देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु