शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक, आजदेखि प्रदेशको छलफल हुने

आईतवार ९ आश्विन, २०७९ Nepalexplores 1552


प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा  सत्ता गठबन्धन सहमति नजिक, आजदेखि प्रदेशको छलफल हुने

काठमाण्डौ । सत्ता गठबन्धनले सिट बाँडफाँटलाई दसैं अघि नै अन्तिम रूप दिने तयारी गरेका छन्। प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पाँच दलीय सत्ता गठबन्धन पुगेको छ। 

‘प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुट्यो,’ कार्यदलका ती सदस्यले भने, ‘सहमति जुट्न बाँकी दुई चार क्षेत्र पछि मिलाउने गरी आजदेखि प्रदेश सभा क्षेत्रमा सहमति खोज्छौं।’ प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे आइतबारदेखि बालुवाटारमा छलफल हुने भएको छ। ‘प्रदेश सभामा सहमति खोजेपछि प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र पनि मिलाउन सजिलो हुन्छ,’ ती सदस्यले भने, ‘दसैंअघि सिट बाँडफाँट टुंगिन्छ।’

प्रत्यक्षतर्फ उठ्न इच्छुक केही नेताहरू समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएकोले केही क्षेत्र स्वतःमिल्ने देखिएको थियो। गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा सुरूमा दाबी गरेका थिए।

सबै दल यो संख्याबाट घटेर सिट बाँडफाँट गर्नका लागि लचक भएका थिए। सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ लगभग सहमति भएको दाबी गरिए पनि कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने हुन् भन्ने कार्यदल सदस्यहरूले अहिले नै खुलाउन चाहेका छैनन्।

‘




मतहरू

Kamal Rai

Great


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु