बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

एमालेको उम्मेदवार छान्ने अधिकार अध्यक्ष ओलीलाई

शुक्रबार १४ आश्विन, २०७९ Nepalexplores 1445


एमालेको उम्मेदवार छान्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको  बताईएको छ ।

६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन । ‘छलफल भयो, तर निर्णय भएको छैन’, सचिव पद्मा अर्यालले भनिन् । थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन् ।

अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

एमालेमा १० भााई भनिने समुहले लिखित रुपमा आत्माआलोचना गरेमा मात्रै टिकट दिने ओलीले संकेत गरेका छन । माओवादीबाट आएका व्यक्तिहरुले पनि समानुपातिकको लिष्टमा असन्तुष्टि व्यक्त गरेका छन । एमालेले एक्लै चुनावमा लड्ने बताए पनि विभिन्न साना दलहरुसंग तालमेलका लागी संवाद गरिरहेको छ । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु