बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता निम्त्याउन खोजिरहेका छन् : अध्यक्ष नेपाल

आईतवार १४ माघ, २०८० nepalexplores 1370


प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता निम्त्याउन खोजिरहेका छन्  : अध्यक्ष नेपाल

१४ माघ, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताएका छन् । 
 
आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेपनि जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने प्रयास भइरहेको बताएका हुन् । 
 
उनले भने,‘यतिबेला गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय कामगर्ने प्रयत्न गरिरहेको छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि सञ्चालन गरी राजनीतिक अस्थितरता पैदागर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ ।’

उनले एमालेले राष्ट्रियसभाको निर्वाचन उपयोग गर्दै गठबन्धनलाई कमजोर बनाउने नीति लिएको लिएको टिप्पणी गरे । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु