शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

 एमाले अध्यक्ष ओलीलाई ज्वरो, झापाका निर्धारित कार्यक्रममा अनुपस्थित

मंगलवार १ कार्तिक, २०७९ nepalexplores 1605


 एमाले अध्यक्ष ओलीलाई ज्वरो, झापाका निर्धारित कार्यक्रममा अनुपस्थित

काठमाडौं । गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार झापा आइपुगेका ओलीलाई रुघामर्की र ज्वरो आएको झापा क्षेत्र नम्बर ५ प्रदेश (ख)का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए। ओली सौर्य एयरलाइन्सको विमानबाट आजै झापा आएका हुन्।


स्वास्थ्य अवस्था बिग्रिएपछि ओली मंगलबार साँझ आयोजना गरिएको पूर्वनिर्धारित पत्रकार सम्मेलनमा पनि उपस्थित हुन सकेनन्। उनी बुधबारका लागि मेचीनगरमा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आएका हुन्।

कार्यक्रमलाई ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। स्वास्थ्यमा समस्या देखिएको हुँदा ओलीले उक्त कार्यक्रममा सम्बोधन गर्ने विषयमा अहिले नै केही भन्न नसकिने कार्कीले बताए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु