बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

एकीकृत समाजवादी रामेछापको चुनावी घरदैलो: फोटोफिचर

बुधबार ९ कार्तिक, २०७९ nepalexplores 1577


एकीकृत समाजवादी रामेछापको चुनावी घरदैलो: फोटोफिचर

काठमाडौं । नेकपा एकीकृत समाजवादी रामेछापको चुनावी घरदैलो अभियान तीव्र रुपमा अगाडी बढाईएको बतार्यएको छ । सत्ता गठबन्धनको भागबण्डामा समाजवादीको सहभागिता नभएपछि एककिृत समाजवादी पार्टी रामेछापको क्षेत्र नं. १ मा एक्लै निर्वाचन प्रतिस्पर्धामा होमिएको छ ।

रामेछाप जिल्ला अध्यक्ष समेत रहेका रमेशकुमार बस्नेतलाई उम्मेदवार बनाएर उक्त पार्टीका पोलिटब्यूरो सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज समेत रहेका पुर्व सांसद देवशंकर पौडेल पार्टीले अघि सारेको उम्मेलवारलाई लिएर 
यतिबेला १ नं. क्षेत्रका विभिन्न टोलटोलमा पुगिरहेका छन । पौडेल २०५१ सालमा यहि क्षेत्रबाट सांसद भएका थिए । 

रामेछापको क्षेत्र नं. १ का उम्मेदवार बस्नेत विं सं २०५४ देखी ०५९ सम्म जिल्ला विकास समितिको उपसभापति, २०६० देखी ०६१ सम्म जिल्ला विकास समितिको  सभापाति र २०७४ देखी ०७९ सम्म मन्थली नगरपालिकाको प्रमुख  भएर जनताको सेवा गरिसकेका छन ।

आफ्नो कार्यकालमा जनताको सेवामा आफुलाई अनवरत राखेकाले उनी बलिया प्रतिस्पर्धीको रुपमा उभिएका छन । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ पुर्व सभासद हुन भने नेकपा एमाले बाट उम्मेदवार बनेका शान्ति प्रसाद पौडेल यहि क्षेत्रबाट २०७४ सालको निर्वाचनमा निर्वाचित सांसद हुन । बाग्मति प्रदेशसभाका लागि पौडेल र श्रेष्ठ पुराना अनुहार हुन भने बस्नेत नयाँ अनुहार हुन । 
फोटोफिचरः 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु