शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

पाल्पामा बढ्दो ढाकाको व्यापार

बिहीबार १० कार्तिक, २०७९ nepalexplores 1580


पाल्पामा बढ्दो ढाकाको व्यापार

काठमाण्डौ । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।


विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।” तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्कीले भनिन्, “बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।” 


तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो ।

पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु