मंगलवार २६ फाल्गुन, २०८२ (Tuesday March 10, 2026)

केपी ओली कप फागुनमा हुने

मंगलवार १० माघ, २०७९ nepalexplores 1395


केपी ओली कप फागुनमा हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिता युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले  गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ । युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन ।

युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

 

‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’ उनले भनेका छन ।

 

तर धेरै राजनीतिक विश्लेषकले यसकिसिमको व्यक्तिवादी कार्यक्रमले न त स्वंम पार्टीको गरिमा बढ्छ न त राज्यको, यो त हनुमानगिरी मात्रै भएको टिप्पणी समेत गरेका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु