शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र रेशम चौधरीबीच भेटवार्ता

आईतवार २९ माघ, २०७९ nepalexplores 1151


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन् ।  एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ । 

सरकार गठनमा साथ दिएको नागरिक उन्मुक्तिले एक महिनामै साथ छाडेपछि एमालेका राजेन्द्रसिंह रावल पुस २६ मा विश्वासको मत प्राप्त गर्न नसकेर पद मुक्त भएका थिए ।  मुख्यमन्त्री शाहले  पनि फागुन २५ गतेसम्म विश्वासको मत लिसक्नुपर्ने छ । 

विश्वासको मतका लागि  मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन् । चौधरीसँग सामान्य भेटघाट भएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने मुख्यमन्त्री शाहको विश्वास छ  । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु