शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै,  सानो मन्त्रिपरिषद विस्तारको तयारी

आईतवार २८ आश्विन, २०८० nepalexplores 1392


कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै,  सानो मन्त्रिपरिषद विस्तारको तयारी


२८ असोज, काठमाडौं ।  
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ ।


कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको कार्कीनिकट स्रोतले बताएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु