बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रेशम चौधरीलाई रिहा गर्ने देउवाको आश्वासन

बुधबार ३ फाल्गुन, २०७९ nepalexplores 1336


रेशम चौधरीलाई रिहा गर्ने देउवाको आश्वासन

काठमाडौँ । नेपाली काङग्रेसका नेता एवं पुर्व प्रधानमन्त्रि शेर बहादुर देउवाले काराघारमा सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाई गर्ने आश्वासन दिएका छन ।
सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ । रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने दिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ ।


त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो । रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ । कांग्रेस, माओवादी लगायत मदेसवादी दलहरु रेशम चौधरी रिहाका लागि सकारात्मक भएपनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीको भनाई रहेको  छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु