मंगलवार ९ असार, २०८३ (Tuesday June 23, 2026)

३० गते बाँकी क्याम्पसहरुमा स्ववियु चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

बिहीबार २३ चैत्र, २०७९ फिल्म ~ शाला टिभी 1427


३० गते बाँकी क्याम्पसहरुमा स्ववियु चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत


काठमाडौं, चैत २३ 
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत भएका छन् ।


तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो । यस बीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी संगठनले सहमति गरेका हुन् । साथै चार संगठनले विद्यार्थी भर्ना विवादका कारण चुनाव रोकिएका क्याम्पसमा छानबिन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरेका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु