बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

भक्तपुरको बाल सुधार गृहबाट १२९ कैदीबन्दी भागे, प्रहरीले खोज्दै

सोमबार ४ भाद्र, २०८० nepalexplores 1265


भक्तपुरको बाल सुधार गृहबाट  १२९ कैदीबन्दी भागे, प्रहरीले खोज्दै

४ भदौ, काठमाडौं । 
सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका छन । जसमध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै छन् ।


सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । यस अनुसार अझै १२९ जना फरार रहेको देखिएको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।


भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अनलाइनखबरसँग भने, ‘उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन् ।’

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु