बुधबार ६ भाद्र, २०८०
६ भदौ, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले लामो समयसम्म संसद अवरोध गरिएको विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको भन्दै यसबारे छानबिन गर्नुपर्ने बताएका हुन् ।
‘मुलुक भयङ्कर अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला महिनौं दिनसम्म संसद बन्द गरेर आज संसद् खोलेकोमा संसद खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं । कसले बन्द गर्यो ? किन बन्द भयो ? त्यसकारणले यसको गम्भीर छानबिन हुनुपर्छ’ ।
केसीले भने, ‘नेपालीलाई नक्कली भूटानी बनाएर बेच्नेहरु, ललितानिवासको जग्गा बेच्नेहरु, नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको केन्द्र बनाउनेहरु यही संसद्मा बस्नेहरु सम्बन्धित छैनौं र । हामीले कसलाई भनिरहेका छौं ?’