बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने

बिहीबार ७ भाद्र, २०८० nepalexplores 1203


५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने


७ भदौं, काठमाडौं । 
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।

बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु