शुक्रबार ८ भाद्र, २०८०
८ भदौ, काठमाडौं ।
पप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाpg] atfPsf 5g. । सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।’
सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ । शुक्रवार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त आफ्नो पार्टी नकपा (माओवादी केन्द्र)ले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए ।
‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ श्रेष्ठले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए ।