बिहीबार ७ जेष्ठ, २०८३ (Thursday May 21, 2026)

एमसीसीको व्याख्यात्मक घोषणा र कार्यान्वयनका विषयमा प्रश्न उठिरहेको छः पुर्व प्रधानमन्त्री नेपाल

सोमबार ११ भाद्र, २०८० nepalexplores 1431


एमसीसीको व्याख्यात्मक घोषणा र कार्यान्वयनका विषयमा प्रश्न उठिरहेको छः पुर्व प्रधानमन्त्री नेपाल


११ भदौ, काठमाडौं । 
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थक सहयोग परियोजना (एमसीसीं को व्याख्यात्मक घोषण र कार्यान्वयनका विषयमा प्रश्न उठेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन् । 

उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू  देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रूपमा आइरहेको भन्दै छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषयहरू छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सिमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरू छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’

अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु