शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

एमसीसी उपाध्यक्ष क्यामरुन नेपालमा, भोलि कार्यान्वयनको घोषणा गरिदैं

मंगलवार १२ भाद्र, २०८० nepalexplores 1423


एमसीसी उपाध्यक्ष क्यामरुन नेपालमा, भोलि कार्यान्वयनको घोषणा गरिदैं

भदौ १२, २०८० काठमाडौं ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् ।

एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् ।


क्यामरुन अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।

यसपछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्नेछ सहमति छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु