मंगलवार २९ बैशाख, २०८३ (Tuesday May 12, 2026)

समाजवादी मोर्चाको सभा आज पोखरामा हुँदै

शुक्रबार १५ भाद्र, २०८० nepalexplores 1365


समाजवादी मोर्चाको सभा आज पोखरामा हुँदै

१४ भदौ, काठमाडौं । 
समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो ।

सो सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम छ ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु