शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

राप्रपाले भदौ २७ मा काठमाडौंमा विरोध सभा गर्ने

आईतवार १७ भाद्र, २०८० nepalexplores 1396


राप्रपाले भदौ २७ मा काठमाडौंमा विरोध सभा गर्ने

१७ भदौ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो ।


त्यस्तै आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु