बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

म्याग्दीमा लोप हुँदै रैथाने बाली

आईतवार १७ भाद्र, २०८० nepalexplores 1202


म्याग्दीमा लोप हुँदै रैथाने बाली


१७ भदौ, काठमाडौं ।  
आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् ।

करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।


स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका केन्द्रका कृषि प्राविधिक जगत बानियाँले बताए ।

करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ, धानलगायत धान, घैया, उवाका बाली तथा बीउ लोप हुँदै गएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको उनले बताए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु