शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने

मंगलवार १९ भाद्र, २०८० nepalexplores 1396


एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने


१९ भदौ २०८०, काठमाडौँ ।

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने  भएको छ । 


सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिका सहित अनुमोदन गरेको हो ।

अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । 

सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णय सहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ ।

एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु