बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

रिजालको पार्थिव शरीरलाई  पशुपतिमा अन्त्येष्टि गरिदै

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1326


रिजालको पार्थिव शरीरलाई  पशुपतिमा अन्त्येष्टि गरिदै

२१ भदौ, काठमाडौं । 
काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष  मुकुन्द रिजालको पार्थिव शरीरलाई  दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको  छ । रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा पनि बसेका थिए । उनी काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु