मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

म्याग्दी अन्नपूर्णको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल

मंगलवार ६ आश्विन, २०८३ nepalexplores 1002


म्याग्दी अन्नपूर्णको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल

६ असोज, म्याग्दी । 

म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ ।

अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३–०८४ मा रु. १ करोड ३० लाख ६६ हजार ५ सय ५५ आम्दानी गरिएको जनाएको छ ।

पाण्डेका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउन र चमेनागृह सञ्चालनका लागि न्यूनतम रु. ९ लाख ५० हजार कायम गरेर आव्हान गरिएको आयठेक्काको सम्झौत भएको र प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको बताएका छन् ।

पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ्ग–तातोपानी कुण्ड असोज र कात्तिक महिना सञ्चालनका लागि ठेक्का आव्हान गरिएको जनाएका छन् । 

पाउद्धार तातोपानी कुण्डको रु. ५० लाख १० हजार, रातोपानीको रु.४ लाख ५ सय र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि रु. ५ लाख ५५ हजार ५ सय ५५ मा ठेक्का सम्झौता भएको उल्लेख गरेका छन् । 

पुनहिललाई रु. ५२ लाख ५० हजार, पाउद्धार तातोपानीलाई रु. २७ लाख ५० हजार, रातोपानी कुण्डलाई रु. ४ लाख र रुप्से झरनाको प्रवेश शुल्क उठाउन रु.२ लाख न्यूनतम शुल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।

सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतम भन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीहरुले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुन अनुसार १० प्रतिशत छुट पाएका छन् । 

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय कर बापत हरेकलाई रु. ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु. ३६ हजार वाहल बटौली कर लिने गरेको जनाएको छ । 

मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोला लगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफी पसल बाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु