बुधबार १७ भाद्र, २०८३ (Wednesday September 02, 2026)

भारतीय जासुसी सँस्था  ‘र’ प्रमुख गोयलको म्याद थपियो

आईतवार १२ असार, २०७९ Nepalexplores 1331


भारतीय जासुसी सँस्था  ‘र’ प्रमुख गोयलको म्याद थपियो

काठमाण्डौ । भारतीय खुफिया एजेन्सी  ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्य सम्पादनको मुल्याङकन गरि यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो ।

भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थप गरेपछि हिजै १९ वटा निकायलाई बोधार्थ दिइएको छ ।

क्याबिनेटले भारतीय गुप्तचर व्युरो (आइबी) को निर्देशकमा तपन डेकालाई पनि हिजै नियुक्त गरेको छ । उनलाई दुई वर्षको निम्ति नियुक्त गरिएको क्याबिनेट सचिव दिप्ती उमाशंकरले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई मध्यराति बालुवाटार पुगेर गोप्य भेटघाट गरेको घटनापछि नेपालमा गोयल चर्चा चुलिएको हो । उनले तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीलाई बालुवाटारमा मध्येरातमा भेट गरेका थिए । उनले उक्त भेटमा के कस्तो योजना तथा छलफल गरे भन्ने विषयमा आज सम्म गोप्य राखिएको छ । यो भेट पछि संसद विघटन हुँदै नेकपा समेत विभाजन भई टुक्रा टुक्रा भएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु