मंगलवार ४ चैत्र, २०८१
चैत्र ५ काठमाडौँ ।
आज परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
भेटका क्रममा उनीहरुबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासो र पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।
भेटका क्रममा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी छन्।
नेपाल र भारतबीचका भेटवार्ताले आपसी सहकार्यका साथै दुई देश बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकास क्षेत्रमा भएका प्रगतिको बारेमा छलफल भएको जनाएको छ।