मंगलवार ९ असार, २०८३ (Tuesday June 23, 2026)

पोखरा लेकसाईडका होटल भारतीय पर्यटकले भरिभराउ

मंगलवार ९ असार, २०८३ nepalexplores 1004


पोखरा लेकसाईडका होटल भारतीय पर्यटकले भरिभराउ

९  असार, काठमाडौं । 
पोखरा लेकसाईडका होटल भारतीय पर्यटकले भरिभराउ भएको छ ।

पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल भरिभराउ भएका हो ।

पोखरा लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको जनाएका छन् ।

होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको बताएका छन् ।

भारतमा बढ्दो गर्मी बाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताएका छन् । 

पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि समेत बढेको अध्यक्ष सुवेदीले बताएका छन् । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताएका छन् । 

टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरु धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा र्याफ्टिङ गर्ने गरेको बताएका छन् । 

भारतीय पर्यटक यतिबेला पाँच तारेहोटल देखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताएका छन् । पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । 

नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताएका छन्।

  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु