सोमबार ८ असार, २०८३ (Monday June 22, 2026)

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी विच भेट

मंगलवार ४ मंसिर, २०८१ nepalexplores 1400


भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी विच भेट

४  मंसिर, काठमाडौं । 
भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। 

वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

बीबीसीको अनुसार ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्री बीच भेटवार्ता भएको जनाएको छ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भए अनुसार उनीहरूले दुई देशबीचको सिधा उडान पुनःस्थापना गर्नेदेखि भिसाको सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिने लगायतका धेरै विषयमा कुराकानी गरेका थिए।

भारतीय विदेश मन्त्रालयले केही समयअघि दुई देशबीच एलएसीमा सेनाको गस्तीसम्बन्धी विषयमा पनि सम्झौता भएको बताएको थियो जसलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको थियो।

त्यसको केही दिनपछि रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु