बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

मंगलवार १५ फाल्गुन, २०८० nepalexplores 1456


परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

१५ फागुन, काठमाडौं।
आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् ।

आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दिल्लीमा विदेशमन्त्री जयशंकरसाग भेट गरेकी हुन् । भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ ।

आठौं एसिया इकोनोमिक डाइलगको उद्घाटन सत्र बिहीबार हुँदैछ । भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्वारा वार्षिक रुपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलनलाई महत्वका साथ हेरिन्छ । उक्त सम्मेलनमा विभिन्न मुलुकबाट सहभागिता जनाउने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनसँग लम्सालले एउटै सत्रमा दक्षिण एसियाको आर्थिक विषयमा छलफल गर्ने कार्यक्रम छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु