बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

देशको विकासमा  युवाहरूको भुमिका निर्णायकः गृहमन्त्री श्रेष्ठ

सोमबार १ आश्विन, २०८० nepalexplores 1381


देशको विकासमा  युवाहरूको भुमिका निर्णायकः गृहमन्त्री श्रेष्ठ

१ असोज, काठमाडौं । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए । 


‘नेपाल आजसम्म  स्वतन्त्र  देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ ,’ उनले भने ।  देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद  हुँदै गएको उनको भनाइ छ ।


सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले  चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘मिटर ब्याज सम्बन्धी  कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा  लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ ।  भुटानी शरणार्थी,  ललिता निवास, सुन तस्करी प्रकरण  सबैलाई कारबाही  अगाडि बढेको छ,’ उनले भने ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु