बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

भ्रष्टाचारविरोधी अभियानलाई सफल नबनाए राजनीतिक प्रणाली संकटमा पर्छः  गृहमन्त्री श्रेष्ठ

बिहीबार ४ आश्विन, २०८० nepalexplores 1401


भ्रष्टाचारविरोधी अभियानलाई सफल नबनाए राजनीतिक प्रणाली संकटमा पर्छः  गृहमन्त्री श्रेष्ठ

४ असोज, काठमाडौं । 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताएका छन् । 

बिहीबार नेपाल बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताए ।
 
श्रेष्ठले देशमा पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान प्रत्याभूत गर्नुपर्ने बताए । उनले राजनीतिक प्रणालीमाथि खतरा पैदा हुनेकुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने बताए । गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ की सकिँदैन भन्ने नभई बनाएर नै छोड्ने प्रतिबद्धता बताए । 

उनले भने, ‘सरकारले निष्पक्ष ढङ्गले, को सरकारमा, को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ ।  हामीले अहिले समाजमा पनि एक प्रकारको अभियान छेड्नुपर्छ, त्यसको लागि हामीले मेहनत गर्नुपर्छ ।

भ्रष्टाचारबिरोधी, सुशासनको अभियान, सुशासनसँग जोडिएका अरु सेवा प्रवाहको अभियान, सिस्टम फंग्शन गर्ने, पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान हामी प्रत्याभूत गर्न सक्छौँ ।’

गृहमन्त्री श्रेष्ठले देश सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै देशलाई बचाउनका लागि सबै सङ्गठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्ने बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु