शनिबार २३ फाल्गुन, २०८२ (Saturday March 07, 2026)

हुम्लामा  गौरा पर्वको रौनक

आईतवार ७ आश्विन, २०८० nepalexplores 1345


हुम्लामा  गौरा पर्वको रौनक

७ असोज, काठमाडौं । 
हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ।


सिमकोट गाउँपालिका -७ का जयबहादुर शाहीले यस पटक गौरा पर्व धुमधामका साथ मनाउने कार्य भएको बताए। यो पर्व दुई दिन मनाइएको हो।

उनले पहिलो दिन गाउँको सार्वजनिक स्थानमा रहेको मन्दिरमा फुलपाती सहित गौरा भित्र्याउने र दोस्रो दिन पठाउने गरिएको बताए। यसमा परम्परागत पहिरन र गहनामा सजिनु भएका महिलाहरुले मागल, चाड्ची, भारी, चुटकिला गाउँका सबै महिला मिलेर गाउने गरिन्छ भने दोस्रो दिन पुरुषहरु स्थानीय भेषभुषामा सजिएर ढाल तरवार नाच नाच्ने गरिन्छ।

रातभर भने महिला र पुरुष मिलेर देउडा गाउने गरिन्छ। सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बीसभन्दा बढी ठकुरी बस्तीमा गौरा पर्व मनाउने गरिन्छ। यो पर्व मनाउनका लागि जिल्ला बाहिर रहेका सदस्य समेत घर आउने गरिन्छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु