शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

हुम्लामा हिमपात

मंगलवार ९ पुष, २०८१ nepalexplores 1410


हुम्लामा हिमपात

९ पुस, काठमाडौं । 

हुम्लामा हिमपातले जनजीवन प्रभावित भएको छ। 

हिजो रातिदेखि हिमपात पर्न सुरु भएको हो। हुम्ला जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको छ।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ। हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या भएको बताएका छन्। 

सदरमुकामा दुई इञ्च र उत्तरी नाम्खा गाउँपालिका सहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। भने जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको जनाएको छ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु