शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

भैरहवा मेडिकल कलेजमा रोकिएन विद्यार्थको आन्दोलन

शुक्रबार २६ आश्विन, २०८० nepalexplores 1293


भैरहवा मेडिकल कलेजमा रोकिएन विद्यार्थको आन्दोलन

२६ असोज, काठमाडौँ । 

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा।डा।लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर शौचालय जान र खाना खानसमेत नदिएको आरोप उनको छ । रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएर अमानवीय व्यवहार गरेको पाठकको गुनासो छ । डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको र पिसाबले च्याप्दा समेत शौचालय जान नदिएको उनको गुनासो छ ।

उनले कसैले पकेटमा लुकाएर ल्याइदिएको खानेकुरा मात्र खान पाएको भन्दै आफ्नो स्वास्थ्यमा तलमाथि भए विद्यार्थीहरु नै जिम्मेवार हुनुपर्ने तर्क गरेकी छन् । ‘पाँच दिनदेखि एउटै कपडामा छु, पिरियड भएकै कपडामा छु, दिनमा तीनपटक मात्र बाथरुम जान दिएका छन्, कसैले पकेटमा लुकाएर ल्याएको खाएको छु,’ उनले भनिन्, ‘दिउँसोमा मलाई कसैलाई भेट्न दिएका छैनन्, पिसाब पनि च्यापेर बसेको छु, २४ घण्टामा तीनपल्ट मात्र जानुपरेको छ ।’

विद्यार्थीहरुलाई दुई पटक वार्तामा आउन लिखित अनुरोध गर्दा पनि नआएको र अराजकताको पराकाष्ठा देखाएको भन्दै कुनै हालतमा राजीनामा नदिने उनले बताएकी छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु