सोमबार ८ असार, २०८३ (Monday June 22, 2026)

भैरहवा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

आईतवार २२ पुष, २०८० Nepalexplores 1332


भैरहवा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

२२ पुस, काठमाडौं ।
भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका हुन् । उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा उत्रियका थिए ।

 

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको बताए । ‘बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन् । थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्, ‘करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं ।’ धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेका छन् । अहिले सम्म पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन् ।

 

नियमित बिल भुक्तानी गरिरहेका उद्योगीहरुलाई प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेको र थप शुल्क तिर्नुपर्ने भन्दै २०७५ सालमा छुट बिल काटेको थियो । डेडिकेटेड फिडर र ट्रंक लाइनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच पाँच वर्षदेखि जारी विवाद अहिले उत्कर्षमा पुगेको हो । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन काटिदिएपछि उद्योग बन्द भएको र रोजीरोटी नै खोसिने अवस्था बनेको भन्दै मजदुरहरू आन्दोलित छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु