बुधबार २५ पुष, २०८०
२५ पुस, काठमाडौं ।
काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसा माथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
मंगलबार सीआईबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी दुई तला माथि बाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् । र्लाहीकी एक अनुयायीमाथि बाल यौन दुराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।