बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आजदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने

मंगलवार २ माघ, २०८० Nepalexplores 1284


आजदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने

२ माघ, काठमाडौं । 
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आज देखि आचारसंहिता लागू गर्न लागेको हो ।

 

आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन भने मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यम बाट भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु