सोमबार ८ असार, २०८३ (Monday June 22, 2026)

जगन्नाथको फेमिली उद्योगः १५ सय जनालाई रोजगारी

मंगलवार १६ माघ, २०८० nepalexplores 1302


जगन्नाथको फेमिली उद्योगः १५ सय जनालाई रोजगारी

१६ माघ २०८०,काठमाडौं

उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको उनले बताएका छन् । ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४  घन्टा उत्पादनको कार्य  गर्दछन ।

खजुरिको  ‘पफ’ अहिले पनि आधुनिक नभएर पुरानै स्वरुप र स्वादमा पाइने उनी बताउँछन् । ‘हाम्रो पफ छ महिना सम्म उत्तिकै क्रिस्पी र स्वादिलो हुन्छ,’ उनले भने।

ब्रेडलाई नेपालमा पहिलोपटक ट्रान्सपेरेन्ट प्लास्टिकमा प्याक गरेको महर्जन परिवारले ४० वर्षभन्दा लामो संघर्षका क्रममा थुप्रै हण्डर र चुनौतीमात्र ब्यहोरेन, सफलताको शिखर पनि चुम्यो।

उनले काम सानो वा ठुलो नभनी निरन्तर रुपमा गर्दे गएमा सफलता प्राप्त हुने भएकाले नेपाली युवाहरुलाई आफ्नै देशमा उद्यम गर्न सुझएका छन् ।




मतहरू

Arlo

Cameron Hall


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु