शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै

शुक्रबार १९ माघ, २०८० nepalexplores 1384


माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै

१९ माघ, काठमाडौं । 

यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।

२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरुको सम्बोधन अर्को दिनका लागि राखिएको हो । यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु