मंगलवार २३ माघ, २०८०
२३ माघ, काठमाडौं।
आज नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङ बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटको अवसरमा राजदूत छनले नेपाल र चीन बीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा अझै राम्रो र प्रगाढ सम्बन्ध हुने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिम लगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा चिनियाँ राजदूतसग भेटघाट भएको थियो ।