मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पुःन अनुसन्धानका लागि पक्राउ 

सोमबार ५ चैत्र, २०८० nepalexplores 1389


पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पुःन अनुसन्धानका लागि पक्राउ 

५ चैत, काठमाडौं । 
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। म्याद थपका लागि अनुमति लिन अदालत लैजानु अघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पु¥याइएको हो।

 

भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो। करिव ९ किलो सुन तस्करीको पुनःअनुसन्धानका लागि प्रहरीले महरालाई सोमबार नै कपिलवस्तु बाट पक्राउ गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी ल्याइएको थियो।

 

सुन प्रकरण अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तु बाट पक्राउ परेका थिए। 

म्याद थप भएको अवधिमा उनीबारे विस्तृत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी श्याम ज्ञवाली बताउँछन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु