बुधबार ७ चैत्र, २०८०
७ चैत, काठमाडौं ।
दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो। ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना भएको र सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।
‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुल्ला हुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गछौं ।’
अहिले सम्म २४ सैं घण्टा काठमाडौंको कुनै पनि ठाउ खुल्ला थिएन।