बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

मंगलवार २० चैत्र, २०८० nepalexplores 1183


विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

२० चैत, काठमाडौं । 
यो चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। 

 

‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। गत जनवरी (पुस) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। अहिले त्यसमा केही घटाएको हो। गत आव २०७९,८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो।


आगामी आ.व नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ। सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान  छ। यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ। विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा छ।


त्यसैगरी चालु खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । नेपालमा लगानी नबढ्नु चिन्ताको विषय हो। ‘लगानी विदेशी मात्रै हुनुपर्दैन। स्वदेशी लगानी पनि भएको छैन। यो चिन्ताको विषय हो,’ सर्भोसले भने, ‘नेपालको ब्युरोक्रेसीले लगानीको सहज वातावरण बनाएको छ कि छैन भन्ने समीक्षा गर्नुपर्ने भएको छ। लगानीकर्तालाई यहाँ प्रोत्साहित गरिएको छ त ? यो विषयलाई गम्भीर ढंगले समीक्षा गर्नुपर्छ।’

 

‘त्यसो हुँदा लगानीकर्तालाई आकर्षित गर्न कस्तो वातावरण बनाइएको छ । त्यसले फरक पार्छ,’ उनले थपे, ‘नेपाल सुन्दर देश हो। तर, त्यतिले मात्रै लगानी आकर्षित गर्दैन। लगानीकर्तालाई आकर्षित गर्न सरकार र कर्मचारीतन्त्रले कस्तो काम गरेको छ । त्यसले ठूलो अर्थ राख्छ।

 

त्यस्तै विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले नेपालको वित्तीय घाटा घटेको तथा राजनीतिक अस्थिरताले निजी लगानीलाई घटाएको बताए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु