बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन संकल्पपत्र

शनिबार २४ चैत्र, २०८० nepalexplores 1260


नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन संकल्पपत्र

२४ चैत, काठमाडौं । 
बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ।

 

ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प गरिएको हो। कार्यक्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति थियो। 

 

लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवको समापनका अवसरमा जारी संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ।

 

२०८१ सालको प्रवेशसँगै ध्यान र योगलाई नेपालभर प्रवद्र्धन गर्ने संकल्प पनि गरिएको छ। साथै पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने संकल्प गरिएको छ।

 


देशभर ध्यान र योग प्रर्वद्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प पनि गरिएको छ।

 

संकल्प कर्ताहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद बासुदेव घिमिरे, योग गुरु एलपी भानु शर्मा लगायत छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु