शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

चीनको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला पुग्न सहज हुने

बिहीबार १३ बैशाख, २०८१ nepalexplores 1509


चीनको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला पुग्न सहज हुने

१३ वैशाख, काठमाडौं । 
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ। 

विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओलाङ्चुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ। ओलाङ्चुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज बनेको छ।

तमोर करिडोरले ओलाङ्चुङगोला हुँदै छिमेकी देश चीनलाई जोडेको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर करिडोरले ओलाङ्चुङगोला हुँदै चीनलाई जोडेको हो।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बाट करिब सात घण्टामा ओलाङ्चुङगोला पुग्न सकिने छ। तमोर करिडोर नेपालसँगको छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकको रूपमा लिने गरिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु