बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

विश्वकप टी–२० का लागि नेपाली टोली घोषणा

बुधबार १९ बैशाख, २०८१ nepalexplores 1568


विश्वकप टी–२० का लागि नेपाली टोली घोषणा

बैशाख, १९ काठमाडौं ।
आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ। 

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप  जोरा ब्याटरको रुपमा छन्। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्।

 दीपेन्द्रसिंह  ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरको रुपमा सागर ढकाल र ललित राजवंशी रहेका छन्। टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

नेपाली टोली ः रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी छन्। 

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु