शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

शताब्दीऔं अघि हराएका पुराना मूर्ति नेपाल फिर्ता

शुक्रबार २१ बैशाख, २०८१ nepalexplores 1540


शताब्दीऔं अघि हराएका पुराना मूर्ति नेपाल फिर्ता

२१ वैशाख, काठमाडौं ।
अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका मूर्ति नेपाल  फिर्ता भएको छ ।

अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल फिर्ता भएको छ। तेह्रौं, सत्रौँ र अठारौँ शताब्दीका  मूर्ति स्वदेश फिर्ता भएको दूतावासले जनाएको छ। सङ्कलन भएको ती मूर्तिहरु हवाइ टापुमा हस्तान्तरण गरिएको थियो। धार्मिक, सांस्कृतिक महत्वका ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको छ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको  बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन्। प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ,  कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन्।

दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु