शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

शनिबार २२ बैशाख, २०८१ nepalexplores 1342


आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

२२ बैशाख,काठमाण्डौं ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाको अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

लामो समय देखि पानी नपर्दा अत्याधिक गर्मि र अगलागिको घटनाले जनजिवन कष्टकर बनिरेको थियो । पश्चिमी न्यून चापीय प्रणालीले पानी पार्ने बादल नेपालसम्म ल्याउने देखिएकोले केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन्।

महाशाखाले अबको एक हप्ताभित्र हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ। महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु