शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

पश्चिमी वायुको प्रभाव अधिकंश स्थानमा वर्षा हुदैं

मंगलवार २५ बैशाख, २०८१ nepalexplores 1475


पश्चिमी वायुको प्रभाव अधिकंश स्थानमा वर्षा हुदैं

२५ वैशाख, काठमाडौँ । 
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको हुनाले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देखि देशभर आंशिक देखि साधरणतया बदली रहको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुदैं छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

भोलि (बुधवार) देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु