शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

२९औं पटक सगरमाथा चुचुरोमा, कामीरिताले तोडे आफ्नै कीर्तिमान

आईतवार ३० बैशाख, २०८१ nepalexplores 1632


२९औं पटक सगरमाथा चुचुरोमा, कामीरिताले तोडे आफ्नै कीर्तिमान

३० वैशाख, काठमाडौं । 
२९औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामीरिता शेर्पाले विश्वकीर्तिमान बनाएका छन्। 

५४ वर्षीय कामीरिताले यस अघिको आफ्नै कीर्तिमान तोड्दै पुनः नयाँ कीर्तिमान बनाएका छन्। व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन।

उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेको सेभन समिट प्रालिले जनाएको छ।

यस अघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको सफल आरोहण गरिसकेका छन्। भने सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु